Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति भएको छ : अर्थमन्त्री पौडेल

राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति भएको छ : अर्थमन्त्री पौडेल

  • 317
    SHARES
  • राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति भएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवम् समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

    मन्त्री पौडेलले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका हुन् ।

    ‘नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु’, उनले भने ।

    अर्थमन्त्री पौडेलले यस दुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij