वेबटिभी खबर
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ५४ अंकले उकालो लागेर दुई हजार ९६ दशमलव ०८ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ८९ अंकले उकालो लागेर चार सय दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कारोबार भएकामध्ये एक सय आठ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १०१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन कूल ५२ लाख छ हजार तीन सय ७० कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको छ करोड ४४ लाख २४ हजार छ सय ८२ बराबरको कारोबार भएको छ ।
एनआइसी एशिया बैंक पाँच करोड ८५ लाख १६ हजार, नविल बैंक पाँच करोड ७४ लाख ७६ हजार तीन सय ८१, चिलिमे हाइड्रोपावर पाँच करोड सात लाख चार हजार नौ सय चार र हिमालयन डिस्टिलरी चार करोड २४ लाख ७४ हजार सात सय ५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आर्दश लघुुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स ८ दशमलव ४९, सिद्धार्थ इक्विटी फण्ड ४ दशमलव २९, जानकी फाइनान्स ४ दशमलव १५ र चिलिमे हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतले कमाएका छन् ।
इस्टर्न हाइड्रोपावर ५ दशमलव ४५, प्रभु बैंकको ऋणपत्र ४ दशमलव ८६, प्राइम लाइफ ३ दशमलव ८४, पाँचथर पावर कम्पनी ३ दशमलव ६३ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब २४ अर्ब ७५ करोड ६९ लाख ७४ हजार सात सय ७५ बराबर रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij