वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिमा जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् ।
सोमबार समाजिक सञ्जालमा ट्वीटरमा नेता रावलले राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने भएकाले त्यसको जाँच गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं ।’
राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अैांल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं।
— Bhim Rawal, PhD (@BhimRawal179) February 6, 2023
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij