वेबटिभी खबर
काठमाडौं । टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५ सयभन्दा बढी पुगेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भौतिक संरचना भत्किँदा २ हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।
स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मिनेटमा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको सञ्चारमाध्यमको भनाइ छ ।
टर्कीका उपराष्ट्रपति फट ओक्टेले भूकम्पका कारण २८४ जनाको मृत्यु हुनुका साथै २ हजार ३२३ जना घाइते भएको बताएका छन् । सीएनएनले भने भूकम्पमा ५ सयभन्दा धेरैको मृत्यु हुनुका साथै ३ हजार घाइते भएको जनाएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij