Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भाउजूको हत्या गर्ने देवरलाई आठ वर्षपछि जन्मकैद

भाउजूको हत्या गर्ने देवरलाई आठ वर्षपछि जन्मकैद

  • 304
    SHARES
  • भाउजूको हत्या गर्ने देवरलाई आठ वर्षपछि जन्मकैद

    सप्तरी । भाउजूको हत्या गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायँ सुनाइएको छ ।

    जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाएको हो । अभियुक्तहरू दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ ।

    आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए । पटक-पटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेसी सारेर फैसला हुन सकेको थिएन ।

    जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

    जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरूद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

    सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोमा हालसम्म आरोपित दुवै फरार छन् ।

    सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको २०७१ चैत १९ गते मृत्यु भएको थियो ।

    छोरा बेचनले घटनाकै दिन २०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गरेका थिए । फैसलाका लागि मुद्दाका सबै अंग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहेका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गरे ।

    अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय,उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाइ पाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij