Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

६ महिनामा ४३५ उद्योग दर्ता

६ महिनामा ४३५ उद्योग दर्ता

  • 279
    SHARES
  • ६ महिनामा ४३५ उद्योग दर्ता

    काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा तनहुँमा ४३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को ६ महिनाको अवधिमा ४३५ उद्योग दर्ता भएका हुन् ।

    सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए । तीमध्ये ३४ उत्पादनमूलक, २६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।

    जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ छ । प्रमुख कुँवरले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।’

    कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा २९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।

    आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा २ हजार १ र ०७६/७७ मा तीन हजार ५१५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि  निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।

    १ लाखसम्म पूँजी भएको उद्योगले १ हजार १००, तीन लाखसम्म पूँजी भएको उद्योगले ३ हजार १००,  पाँच लाखसम्म पूँजी भएको उद्योगले ६ हजार १००, ५० लाखसम्म पूँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पूँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोडसम्म पूँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

  • सम्बन्धित विषय:

  • # उद्योग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij