Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँकेका विपद्को जोखिममा रहेका बस्तीको नक्सांकन

बाँकेका विपद्को जोखिममा रहेका बस्तीको नक्सांकन

  • 309
    SHARES
  • बाँकेका विपद्को जोखिममा रहेका बस्तीको नक्सांकन

    बाँके । नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जीपीएस) मार्फत नक्सांकन गरिएको छ ।

    नेपालगञ्ज उपमहानगर-३ र ७ का बस्तीको जीपीएस विधिबाट नक्सांकन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन वुमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्सांकन गरिएको हो ।

    नेपाल रेडक्रसका बाँके जिल्ला शाखाका सभापति गोवर्द्धनसिंह सम्झनाले विपद्सँग जुध्न पूर्वतयारीका लागि जोखिमयुक्त बस्तीहरूको सूक्ष्म तरिकाले अध्ययन गरेर नक्सांकन भएको बताए ।

    ‘कुन बस्ती के कारणले जोखिममा छ ? कुन सुरक्षित छ ? कहाँ घना बस्ती छ ? कहाँ साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स जान सक्दैन भन्नेबारे नक्साङ्न भएकाले यसैको आधारमा विपद् व्यवस्थापन गरिनेछ’, उनले भने ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रशान्त विष्टले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्रोत नक्सांकन अति नै जरूरी रहेको जनाउँदै यसले विपद्सँग जुध्न सहज हुने जानकारी दिए ।

    नक्सांकनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका, सरोकारवाला निकाय र संघ संस्थालाई हस्तान्तरण गरिने परियोजनाको योजना रहेको प्राविधिक अधिकृत नरेश निदालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij