Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री पठाउने

भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री पठाउने

  • 587
    SHARES
  • भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री पठाउने

    काठमाडौं । भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री पठाउने भएको छ ।

    images

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो । बैठकले स्वास्थ्यकर्मी पनि पठाउने निर्णय गरेको छ ।

    सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताए ।

    बैठकमा प्रधानमन्त्रीले भने, ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दु:खमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’

    बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology