वेबटिभी खबर
काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीले प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राजदूत चौधरीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् ।
भेटमा नेपाल र बंगलादेशबीच जलविद्युत्, व्यापारसम्बन्धी सझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij