वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने नयाँ बानेश्वरस्थित संसद भवन पुगेकी छिन् ।
उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका हुन् ।
यसअघि तय भएको कार्यतालिका बमोजित राष्ट्रपति भण्डारी अपरान्ह ३ बजे संसद् भवन पुगेकी हुन् । राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन् ।
त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।
राष्ट्रपति भण्डारीले शनिबार अपरान्ह ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतल निवासमा चियापानको आयोजना पनि गरेकी छन्। राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको छ। नयाँ राष्ट्रपति चयन गर्न फागुन २५ गते चुनाव हुँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij