Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मुलुकलाई अघिबढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ : अध्यक्ष डा.भट्टराई

मुलुकलाई अघिबढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ : अध्यक्ष डा.भट्टराई

  • 277
    SHARES
  • मुलुकलाई अघिबढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ : अध्यक्ष डा.भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहासबाट अनुभव बटुल्दै मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका हुन् ।

    उनले नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने नभई पुराना पुस्ताबाट सिक्नुपर्ने जिकिर गरे । उनले सीमित जाति र परिवारले मात्र शासन गरेसम्म देश विकास पनि नहुने धारणा व्यक्त गरे ।

    उनले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढंगले प्रयोग गर्ने प्रणाली लागू गर्न सबै लाग्नुपर्ने बताए । लोकतन्त्रलाई जोगाएर यसका अपूर्णतालाई पूर्णता बनाएर छिटै मध्यम स्तरको समृद्ध मुलुकमा पुराउनुपर्ने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij