वेबटिभी खबर
झापा । विर्तामोड नगरपालिका-७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रेष्ठले आफैँले जंगली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij