वेबटिभी खबर
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिंगे गैंडालाई सेफ्टीट्यांकीबाट उद्धार गरिएको छ ।
होटलको सेफ्टीट्यांकीमा खसेको गैंडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा बस्ती पसेको गैंडा स्थानीय होटलको सेफ्टीट्यांकीमा फसेको थियो ।
आज बिहान २ बजे फसेको सो गैंडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैंडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैंडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरि ल्याएको थियो ।
सो गैंडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैंडा सेफ्टीट्यांकीमा फसेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij