वेबटिभी खबर
काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका-३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नंको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij