वेबटिभी खबर
काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतल निवासमा शनिबार (आज) रात्रिभोजको आयोजना गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी नवनिर्वाचित संघीय सांसदहरूका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
शीतल निवासमा आयोजना गरिएको उक्त रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिक आयोगका पदाधिकारीसमेतलाई निमन्त्रणा गरिएकोछ ।
राष्ट्रपतिको कार्यकाल सकिने बेलामा भण्डारीले रात्रिभोजको कार्यक्रम आयोजना गरेकी हुन् । आगामी फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ भने फागुन २८ गते राष्ट्रपति भण्डारीको पाँच वर्षीय कार्यकाल सकिँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij