Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

टर्कीका लागि नेपाल सरकारले पठायो २२ टन राहत सामग्री

टर्कीका लागि नेपाल सरकारले पठायो २२ टन राहत सामग्री

  • 353
    SHARES
  • टर्कीका लागि नेपाल सरकारले पठायो २२ टन राहत सामग्री

    काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पठाएको छ । २२ टनभन्दा बढी राहत सामग्रीहरू सोमबार टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    गत २५ माघ गतेमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकको निर्णय बमोजिम राहत सामग्री पठाइएको मन्त्रालयले जनाएको छ ।

    राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, कपडा, खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेको जनाइएको छ । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्कीमा करिब ३० हजार मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij