Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : नेता खनाल

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : नेता खनाल

  • 317
    SHARES
  • राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : नेता खनाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् ।

    मंगलबार धनगढीमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

    उनले भने, ‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ । त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

    उलने राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताए । यस्तै राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उनको बुझाइ छ ।

    उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे । उनले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij