Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

६ महिनादेखि तलब नपाएपछि शिक्षक र कर्मचारी आन्दोलनमा, विद्यालय बन्द, विद्यार्थी पढाइविहीन

६ महिनादेखि तलब नपाएपछि शिक्षक र कर्मचारी आन्दोलनमा, विद्यालय बन्द, विद्यार्थी पढाइविहीन

  • 1.2K
    SHARES
  • ६ महिनादेखि तलब नपाएपछि शिक्षक र कर्मचारी आन्दोलनमा, विद्यालय बन्द, विद्यार्थी पढाइविहीन

    सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

    शिक्षकहरूको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा बुधबार पढाइ अवरूद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरीने निर्णय गरीएको शिक्षक महासंघका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।

    मंगलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरेर नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो । नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् ।

    त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल २३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् । शिक्षकहरूको समस्या समाधान चाँडै गरीने नगर उपप्रमुख पुनम कर्णले बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उपप्रमुख कर्णको भनाइ छ । कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् ।

    करिब १५-२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij