वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा दुई जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।
कोरोना संक्रमित तथा ननकोभिडको उपचार व्यवस्थापनमा सहजीकरण हुने हेतुले दुई जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको हो ।
प्रमुख कन्सलटेन्ट चेस्ट फिजिसियन सह प्रा.डा.अशेष ढुंगाना र ननकोभिडतर्फको उपचार व्यवस्थापनका लागि वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा.नविन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।
अस्पताल प्रमुख प्रा.डा.जागेश्वर गौतमले यस अस्पतालले देशभरका सबै कोभिड अस्पतालहरुको कमाण्ड गर्नुपर्ने भएकाले व्यवस्थापनमा सहज होस् भनेर २ जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको बताए ।
११ जेठमा मन्त्रीस्तरीय निर्णयबाट डा।गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij