Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लुटपाट घटनाबारे छानबिन गर्न समिति गठन

लुटपाट घटनाबारे छानबिन गर्न समिति गठन

  • 357
    SHARES
  • लुटपाट घटनाबारे छानबिन गर्न समिति गठन

    काठमाडौं । यातायात मजदुरले गत सोमबार गोंगबुमा गरेको आन्दोलनका क्रममा भएकाे घटनाबारे छानविन गर्न समिति गठन भएकाे छ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    प्रहरीका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो, क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको हाे ।

    गठित समितिमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य रहेका छन् ।

    ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रूप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी हुनका साथै नयाँ वसपार्कस्थित ल्हाेत्से महलमा रहेका माेबाइल पसलमा लुटपाट भएकाे थियाे ।

  • सम्बन्धित विषय:

  • # लुटपाट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij