काठमाडौं । थाइल्याण्डका राजपरिवारले नेपाललाई सहयोग गरेको कोरोना महामारीविरुद्धको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । थाइ एयर फोर्सको जहाज स्वास्थ्य सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५ सय २० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिंगर टिप्स पल्स अक्सिमिटर ६ सय थान, डिजिटल थर्मोमिटर एक हजार ५ सय थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान सहयोग गरेको छ ।
त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहकाबीच नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरे । थाइल्यान्डकाका राजा महाभजिरालोंकनर्नले नेपाललाई शनिबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
थाइ एयर फोर्सको कार्यालयमा आयोजित समारोहमा राजाको तर्फबाट काउन्सिलर चिरायू इस्र्काङ्न ना आयुथायाले नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सामग्री प्रदान गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology