Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु

  • 260
    SHARES
  • नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु

    काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास सफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो ।

    एमाले निकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए । तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको छ ।

    मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij