Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सगरमाथामा ज्यान गुमाएका आरोहीको शव काठमाडौं ल्याइयो

सगरमाथामा ज्यान गुमाएका आरोहीको शव काठमाडौं ल्याइयो

  • 697
    SHARES
  • सगरमाथामा ज्यान गुमाएका आरोहीको शव काठमाडौं ल्याइयो

    काठमाडाैं। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं ल्याइएको छ ।

    images

    सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करिब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए ।

    मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडौं ल्याइएको उनको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरीकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडौं लगिएको थियो ।

    हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहण सुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ । स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो ।
         
    यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology