Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : मन्त्री लिङ्देन

बाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : मन्त्री लिङ्देन

  • 292
    SHARES
  • बाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : मन्त्री लिङ्देन

    काठमाडौं । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत बाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

    गोकर्णेश्वर नगरपालिका-१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले यो बाँधले बाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताएका हुन्।

    धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको जानकारी पनि उपप्रधानमन्त्री लिङ्देनले दिए ।

    आजदेखि प्रतिसेकेण्ड चार सय लिटर पानी बाग्मतीमा पठाइएको छ । महाशिवरात्रिको अवसर पारेर बाग्मतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो । आजै बाँधस्थलमा शिलालेख पनि अनावरण गरिएको छ ।

    नागमती बाँध बनेपछि भने बाग्मती नदीमा सोचेअनुरुपको सुधार हुने विश्वास गरिएको छ । नेपाल विश्वमै जाति, भाषा, धर्म, संस्कृतिमा विविधताबीचको एकता भएको देशका रूपमा परिचित रहेको उल्लेख गर्नुहुँदै उनले जैविक विविधता उत्तिकै रहेको जानकारी दिए ।

    ‘धाप बाँधस्थल जैविक विविधताका कारण पनि पर्यटकीय महत्व बोकेको स्थलका रूपमा परिचित छ, तर यो ठाउँमा ओहोरदोहोर गर्ने स्थानीयवासीले पनि निकुञ्जलाई शुल्क तिर्नुपर्ने नियम गलत छ, यस विषयमा आजैको मन्त्रिपरिषद्मा कुरा उठाउँछु, यस्तो विषय अरुले सुन्दा पनि यो लाजमर्दो हुन्छ, यहाँको उकालो र घुम्ती सडकमा कालोपत्र गर्न दिएर वन्यजन्तुलाई क्षति पुग्दैन, कानुनको त्यान्द्रो समातेर जनतालाई दुःख दिने काम बन्द गरिनुपर्छ’, उपप्रधानमन्त्री लिङ्देनले भने ।

    साढे चार दशकअघि बनेको सडकलाई कालोपत्र हुन नदिँदा यहाँका बोटबिरूवाको सौन्दर्यमा असर गरेको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij