Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कर्मचारीलाई खर्चसहित १५ दिन बिदा

कर्मचारीलाई खर्चसहित १५ दिन बिदा

  • 4.3K
    SHARES
  • कर्मचारीलाई खर्चसहित १५ दिन बिदा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका कर्मचारीहरूलाई खर्चसहित पुनर्ताजगी बिदा दिने भएको छ ।

    images

    महानगरपालिकाले पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९ ल्याउँदै प्रत्येक वर्ष १५ दिनको बिदा दिने व्यवस्था ल्याएको हो ।

    ऐनमा भनिएको छ, ‘यस्तो बिदा प्रत्येक वर्ष १५ दिनमा नबढाई दिइने छ । उक्त बिदालाई एकै पटक वा दुई पटक गरी स्वीकृत गर्न सकिने छ । तर एक पटकमा ७ दिनभन्दा कम अवधिका लागि भने पुनर्ताजगी बिदा स्वीकृत गरिने छैन ।’

    दुई पटक बिदा बस्ने कर्मचारीले बिदा लिने पटकहरूको बीचमा कम्तीमा ४ महिनाको अवधि फरक हुनुपर्नेछ  ऐनमा उल्लेख छ । बिदा लिने कर्मचारीले स्वदेशका विभिन्न स्थानहरूको अध्ययन तथा अवलोकन भ्रमण गर्नुपर्ने महानगरले जनाएको छ ।

    कार्यविधि अनुसार पुनर्ताजगी बिदामा बस्ने कर्मचारीले खाइपाइ आएको तलबको १५ दिन बराबरको तलब पाउने व्यवस्था रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology