Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा

कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा

  • 295
    SHARES
  • कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँचजना लिष्टिङमा परेका छन् ।

    उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए । जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ ।

    बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्यांकन गरि वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरू सर्ट लिष्टिंगमा छनौट भएका हुन् ।

    यसरी सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञप्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन् । उनीहरूको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ ।

    kir.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij