वेबटिभी खबर
काठमाडौं । वीर अस्पतालले आगोले पोलेकाहरुको उपचारका लागि ‘बर्न वार्ड’ सञ्चालन गर्ने भएको छ ।
वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij