Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण र मृत्युको जोखिम बढी

सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण र मृत्युको जोखिम बढी

  • 2.2K
    SHARES
  • सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण र मृत्युको जोखिम बढी

    काठमाडौं । आज विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस हो । कोरोना भाइरसको महामारीको समयमा यस दिवसको महत्व झन् बढेको छ । सुर्तीजन्य पदार्थकाे सेवनले कोरोना महामारीलाई बढी घातक बनाउन मद्दत गरिरहेकाे छ ।

    images

    डब्ल्यूएचओका अनुसार सूर्तीजन्य पदार्थको सेवनले श्वासनली र फोक्सोमा कोरोना भाइरस ग्रहण गर्ने (रिसेप्टर्स) को क्षमता बढी हुन्छ । यस्तो अवस्थामा धुमपान गर्नेहरुमा कोरोना भाइरस सर्ने सम्भावना धेरै बढ्छ । सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण जटिल हुने सम्भावना अत्यधिक हुन्छ र करिब ८० प्रतिशतको मृत्यु हुन सक्छ । 

    बेंगलोरको एस्टर सिएमआई अस्पतालका मेडिकल क्यान्सर विशेषज्ञ डा. आदित्य मुरलीका अनुसार हालसालै भएको एक अध्ययनमा धुमपान नगर्ने भन्दा गर्ने मानिसहरु कोरोनाबाट गम्भीर बिरामी हुने जोखिम बढी रहेको पाइएको छ । कोरोना भाइरसले विशेष गरी फोक्सोमा आक्रमण गर्दछ र धुमपानले पनि फोक्सोलाई कमजोर बनाउँछ । कोरोना भाइरसको प्रोटीन स्पाइक्स मानिसहरुको एसिइ टु रिपेप्टर्समा टाँसिन्छ । यसपछि भाइरस शरीरमा संख्या बढाउन थाल्छ । धुमपान एवं सूर्तीजन्य पदार्थको धुँवाले सास नलीमा एसिइ टु रिसेप्टर्सको संख्या बढाउँछ । 

    यस्तै, यसको सेवन गर्ने मानिसहरु पटक पटक हात, औंला मुखमा लैजाने, एक अर्कामा बाँडेर सेवन गर्ने, सूर्ती गुट्खा खाएर थुक्दा थुक, हातबाट कोरोना संक्रमण सर्ने जोखिम बढी हुन्छ । यस्ता पदार्थले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्न दिँदैनन् । एन्टिबडी बनाउने टि सेल फैलिन नपाउँदा कोरोना संक्रमणपछि जटिल बिरामी हुने सम्भावना उत्तिकै प्रबल देखिन्छ । यसको सेवन गर्ने व्यक्तिहरु दम, मधुमेह, उच्च रक्तचापको बिरामी हुन्छन् । 

    सूर्तीजन्य पदार्थ सेवन गर्नेमध्ये ५० प्रतिशत मानिसको यसैका कारण मृत्यु हुन सक्छ । धुमपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट हृदयघात, मष्तिस्कघात, दम, श्वासप्रश्वासमा समस्या, टिभी तथा श्वास नलीको क्यान्सरजस्ता रोग लाग्छन् । धुमपानको जोखिम प्रत्यक्ष सेवन गर्ने एवं त्यसका नजिक हुने व्यक्ति दुवैमा बराबर हुन्छ । यसको धुँवामा रहेका ४ हजार रसायनिक तत्वले ३६ वटा क्यान्सर गराउन सक्ने क्षमता हुन्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology