Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गैंडाको आक्रमणबाट एक जनाकाे मृत्यु

गैंडाको आक्रमणबाट एक जनाकाे मृत्यु

  • 216
    SHARES
  • गैंडाको आक्रमणबाट एक जनाकाे मृत्यु

    काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडानम्बर-९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

    चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर-९ लालपर्सा नजिक उनलाई गैंडाले आक्रमण गरेको थियो ।

    बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैंडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

    चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट एक र गैंडाको आक्रमणबाट तीन रहेको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij