Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले जनाए प्रतिबद्धता

साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले जनाए प्रतिबद्धता

  • 297
    SHARES
  • साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले जनाए प्रतिबद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन् । सोक्रममा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरि नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

    उनले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ ।’

    धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij