Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रपति भण्डारीद्वारा कालिका मन्दिरमा विशेष पूजाअर्चना

राष्ट्रपति भण्डारीद्वारा कालिका मन्दिरमा विशेष पूजाअर्चना

  • 319
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा कालिका मन्दिरमा विशेष पूजाअर्चना

    बाग्लुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाग्लुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् ।

    आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बाग्लुङ पुगेकी राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरिन् ।

    भण्डारीले बाग्लुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बाग्लुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बाग्लुङ गएको गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

    राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बाग्लुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बाग्लुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए।

    राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गरिन् । कालिका भगवती मन्दिरको दर्शनपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बर्द्धन र प्रवर्द्धन गर्न आग्रह गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij