Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

  • 361
    SHARES
  • वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    एजेन्सी । फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मंगलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

    मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

    दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि  उक्त दुर्घटना भएको हो । 

    सोमबारको विस्फोटमा  एक जनाको मृत्यु भएको थियोभने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij