Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै

महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै

  • 384
    SHARES
  • महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै

    महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो ।

    स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ ।

    स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार अस्पतालमा सेवा सञ्चालन भए/नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो ।

    हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्‍याएको थियो । २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो ।

    गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्तालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार सञ्चालन भए/नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए ।

    समितिका अध्यक्ष भट्टले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार नै दिने गरेका छौँ’, अध्यक्ष भट्टले भने, ‘अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवासुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।’

    उनले सय प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । ‘हामीले सुविधासम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष भट्टले भने, ‘सेवासुविधा पनि थप हुने प्रक्रियामा छन् ।’

    डायलासिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको उनको भनाइ छ । अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् ।

    ‘अस्पतालमा अझै नर्सिङ्ग स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछन्’, अध्यक्ष भट्टले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।’

    यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारका क्रममा भेटिएका नरेश जोशीले अस्पतालमा सहज रुपमा सेवा पाइरहेको बताए ।

    यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको जनाउँदै जनताले घरआँगनमै उपचार पाउने गरेको जानकारी दिए ।

    ‘एकजना विशेषज्ञ डाक्टर बस्ने अस्पतालमा अहिले १४ जना छन्, त्यस्तै अन्य सुविधा पनि थप भएका छन्’, पन्तले भने, ‘अस्पतालमा राजनीतिक आग्रह पूर्वाग्रहले गर्दा बेला-बेला विवाद आउने गरेको छ, अस्पतालमा राजनीति गर्नु हुँदैन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij