Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

विदेशी भेटघाटमा नियमन गर्न एमाले सांसदकाे माग

विदेशी भेटघाटमा नियमन गर्न एमाले सांसदकाे माग

  • 294
    SHARES
  • विदेशी भेटघाटमा नियमन गर्न एमाले सांसदकाे माग

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशी भेटघाटलाई नियमन गर्न सरकारसँग माग गरेका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले केही दिनअघि नेपाल भ्रमण गर्न आएका भारतीय विदेशी सचिव विनयमोहन क्वात्राले गरेको भेटवार्तातर्फ लक्षित गर्दै विदेशी भेटघाटमा नियमन गर्न माग गरेका हुन् । सांसद पन्तले परराष्ट्र मन्त्रालयलाई विदेशीले नेपालमा गर्ने भेटघाटलाई नियमन गर्न माग गरेका हुन् ।

    राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली राजनीतिमा खिचातानी भइरहेका बेला भारतीय विदेश सचिवको नेपाल भ्रमण र भारतीय पूर्वप्राध्यापक एसडी मुनीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति पन्तले आक्रोश व्यक्त गरेका हुन् ।

    उनले भने, ‘राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन् र उनी प्रधानमन्त्री, परराष्ट्रमन्त्री परराष्ट्र सचिव भेटघाट गर्न आएको, प्रधानमन्त्रीलाई निम्ता दिन आएको सचिव पूर्वप्रधानमन्त्री राष्ट्रपति सबैलाई भेटाउँछौँ । परराष्ट्र मन्त्रालयलाई भन्न चाहन्छु कि यो राष्ट्रिय सरोकारको कुरा हो । के हाम्रो सचिव भारत जाँदा यहि किसिमको ट्रिट भारतमा पाउँछ ? पाउँदैन भने नेपालले दक्षिण एसियाको आजसम्म कसैको गुलामी नबोकेको, आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधीन नरहेको देश हो । यो देशको राष्ट्रपतिका नाम विदेशीको ट्विटमा हेर्नुपर्छ । त्यो देशको विदेश सचिव आएपछि हाम्रा अखबारको कटिङ हेरौं लाजमर्दो छ । सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ । सारालाई भेटेको छ, यस्तो किन हुन्छ ? भेटघाटलाई नियमन गरियोस् ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij