वेबटिभी खबर
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा दिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवादमा तानिएपछि सिंहले राजीनामा दिएका हुन् ।
बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । तर सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ भेटिएकाे छ ।
प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij