वेबटिभी खबर
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरूप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताएका छन् ।
उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजनीतिक दलहरूमा अराजनीतिक प्रवृत्ति देखिएको बताए ।
उनले राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका काम गर्न नहुने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij