वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ ।
आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् ।
उनले भने, सचिवालय बैठकमा अध्यक्ष माधव नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो । राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्यो ।’ राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन । यो च्याप्टर क्लोज भयो । कसैले प्रस्ताव गरे धारणा बनाउने हो।’
उनका अनुसार संसदमा रहेका सबै दलहरूसँग राष्ट्रतिका बिषयमा छलफल गर्ने भन्ने निर्णय भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij