Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बालमन्दिर र बाँसबारी जुत्ता कारखाना हिनामिनाबारे छानबिन होस् : सांसद श्रेष्ठ

बालमन्दिर र बाँसबारी जुत्ता कारखाना हिनामिनाबारे छानबिन होस् : सांसद श्रेष्ठ

  • 327
    SHARES
  • बालमन्दिर र बाँसबारी जुत्ता कारखाना हिनामिनाबारे छानबिन होस् : सांसद श्रेष्ठ

    काठमाडौं । प्रतिनिधिसभाको सांसद सुमन श्रेष्ठले बालमन्दिर र बाँसवारी जुत्ता कारखानामा भएको हिनामिनाका बारेमा छानबिन गर्न माग गरेकी छिन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद श्रेष्ठले बाल संगठनको हिनामिनामाथी गरिएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै श्रेष्ठले बाँसबारी जुत्ता कारखानाको सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमासमेत जोड दिइन् ।

    ‘१८ सालमा निजी सम्पत्तिलाई अधिग्रहण गरेर अनाथ बालबालिकाहरुको हेरचाह गर्ने नेपाल बाल संगठनलाई जग्गा दिईयो तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललित कलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जम्मा ५७ रोपननी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैँछ ?’ श्रेष्ठले संसद बैठकमार्फत प्रश्न गरेकी छिन, ‘अनाथ बालबालिकाको लागि कि कौडीको भाउमा बहालमा लिएर ब्यावसाय चलाउनका लागि ? नाम कहलिएका ब्यक्तित्व र ब्याबसायिक घरनाहरुको हितमा ?’

    श्रेष्ठले प्रश्न गर्दै अगाडी भनेकी छिन, ‘यो संगठनको बोर्डमा आफनो मान्छे छिराएर बोर्ड कब्जा गर्ने र सिमित मान्छेहरूको लागि यो बोर्डले काम गर्ने ? कहिलेसम्म अन्देखा गर्छन ? बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले बाल संगठनका पदाधिकारीलगायत संलग्नलाई कानुनी दायरामा ल्याउन सुझाव दिएपनि सरकारले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन, कहिले गर्छ ?’

    साथै बाँसवारी जुत्ता कारखानाको जग्गा हिनामिना भएको खबर सार्बजनिक भएको भन्दै श्रेष्ठले सरकारी संस्थाको सम्पतिको संरक्षणमा सरकारको ध्यान जाओस् भन्ने मागसमेत गरेकी छिन् ।

    उनले त्यसका लागि  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला तथा बालबालिका मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण सभामुखमार्फत गराएकी छिन् ।

    nt.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij