वेबटिभी खबर
काठमाडौं । जनता साजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।
राष्ट्रपति निर्वाचनबारे कांग्रेससँग छलफल गर्न यादव बुधबार दिउँसो देउवा निवास धुम्बाराही पुगेका हुन् ।
उक्त छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी रहेको स्रोतले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij