Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

झलनाथ खनाल बंगलादेश प्रस्थान

झलनाथ खनाल बंगलादेश प्रस्थान

  • 317
    SHARES
  • झलनाथ खनाल बंगलादेश प्रस्थान

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘मानव अधिकारको अवस्था’ सम्मेलनमा भाग लिन खनाल बिहीबार १२ः४० बजे बंगलादेश एयरलाइन्समार्फत बंगलादेश प्रस्थान गरेका हुन् ।

    उनको साथमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शंकर खतिवडालगायत गएका छन् । खनालले शुक्रबार ढाकास्थित सर्वोच्च अदालतमा आयोजित ‘मानव अधिकार सम्मेलन-२०२३ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    खनालले शुक्रबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको सचिवालयको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij