वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ।
नेपालसँगको भेटपछि संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लाग्ने बताए । राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि,’ उनले भने । २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
चुनावअघिको गठबन्धन ब्युँतिन लागेको हो? भन्ने अर्को प्रश्नमा उनले भने - अहिले टुंगो लागेको छैन।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij