Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रारामा पर्यटक आकर्षित गर्न ल्याइएको मोटरबोट सञ्चालनमा नआउँदै बिग्रियो

रारामा पर्यटक आकर्षित गर्न ल्याइएको मोटरबोट सञ्चालनमा नआउँदै बिग्रियो

  • 241
    SHARES
  • रारामा पर्यटक आकर्षित गर्न ल्याइएको मोटरबोट सञ्चालनमा नआउँदै बिग्रियो

    मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रोत साधनहरू जुटाइन्छ तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन । पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो ।

    images

    गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्री विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट सञ्चालनमा नआउँदै बिग्रिएको छ ।

    दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बुट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

    विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबोट ल्याइएको थियो । उक्त मोटरबोट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।

    गत ७ महिनाअघि पूर्ववार्डेन दाहाल हुँदा मोटरबोट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन तर उनको सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबोट सञ्चालन रेस्क्युको लागि डुंगा चालकले अनुरोध गरे ।

    मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट हेर्दा भित्री भागतर्फ तीनवटा प्वाल परेर फेला परेको डुंगा नाइके राजेश रावलले जानकारी दिए । उक्त बुट सिल स्काई कम्पनीबाट ल्याइएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology