Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

बर्लिनस्थित नेपाली दूतावासले भन्यो– गैर–कानुनी रूपमा युक्रेन नपस्नू, दूतावास जिम्मेवार हुँदैन

बर्लिनस्थित नेपाली दूतावासले भन्यो– गैर–कानुनी रूपमा युक्रेन नपस्नू, दूतावास जिम्मेवार हुँदैन

  • 219
    SHARES
  • बर्लिनस्थित नेपाली दूतावासले भन्यो– गैर–कानुनी रूपमा युक्रेन नपस्नू, दूतावास जिम्मेवार हुँदैन

    काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ । युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन् ।

    images

    त्यहाँबाट सिमावर्ती युरोपेली मुलुकमा प्रवेश गर्न पाइने आशामा नेपालीहरू जोखिम मोलेर युक्रेन पसिरहेको दूतावासको भनाइ छ ।

    विगत १ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्ध चर्किएसँगै युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई गैर–आवासीय नेपाली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको समन्वयमा दूतावासले त्यत्तिबेला उद्धार गरेको थियो ।

    युद्ध चर्किएपछि उनीहरूलाई युक्रेनसँग जोडिएका छिमेकी मुलुकहरूले मानवीयताको हिसावले सुरक्षित रहन प्रवेश दिएका थिए । तीमध्ये कतिपय नेपाल फर्किएका थिए भने केही नेपालीहरू पोल्याण्ड, पोर्चुगललगायतका मुलकमा बसेका थिए । अहिले भने यस्तो सुविधा छिमेकी मुलुकहरूले दिएका छैनन् ।

    दूतावासका अनुसार गत जनवरी तेस्रो सातादेखि युक्रेनसँग सीमाना जोडिएका युरोपेली मुलकहरूले युक्रेनमा रहेका नेपालीलगायत अन्य देशका नागरिकहरूलाई आफ्नो देश प्रवेश गर्न नदिने घोषणा गरिसकेका छन् ।

    ‘यस्तो विषम परिस्थितिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले युक्रेनको यस्तो जटिल अवस्थाबाट फाइदा लिई युरोपका अन्य मुलुकमा प्रवेश गरी पलायन हुने मनासायका साथ अझ पनि केही नेपालीहरू गैर–कानुनी रुपमा युक्रेन प्रवेश गरिराखेको बुझिएको छ,’बर्लिनस्थित नेपाली दूतावासको भनाइ छ ।

    गैर–कानुनी तरवरले युक्रेन प्रवेश गर्ने नेपालीलाई त्यहाँबाट सिमावर्ती देशमा जान सम्बन्धित मुलकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेको अध्यगामनबाट भिसाको आवश्यकता पर्दछ तर गत जनवरीदेखि यी प्रक्रिया सबै बन्द भइसकेका छन् ।

    ‘युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा यस राजदूतावासबाट यात्रा अनुमति जारी भई त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि नभएकोले कुनै पनि नेपाली नागरिकले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन प्रवेश नगर्न यस राजदूतावास सबैलाई अनुरोध गर्दछ,’ दूतावासले विज्ञप्ति मार्फत् भनेको छ ।

    दूतावासले गैर–कानुनी तरवरले युक्रेन प्रवेश नर्गन चेतावनी दिएको छ । ‘यस्तो अवस्थामा पनि यो सूचनालाई बेवास्ता गरी गैर–कानुनी रुपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने जानकारी गराइन्छ,’ दूतावासले भनेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology