Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सन्धिखर्कका व्यवसायिक कृषकलाई मेसिन वितरण

सन्धिखर्कका व्यवसायिक कृषकलाई मेसिन वितरण

  • 312
    SHARES
  • सन्धिखर्कका व्यवसायिक कृषकलाई मेसिन वितरण

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायिक कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेको छ ।

    कृषकको मागका आधारमा कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेकामा पशुपालनमा लागेका कृषक खुसी भएको कृषक बाबुराम पाण्डेले बताए ।

    सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले कृषकको मागका आधारमा व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा डिप फ्रिज १९, विद्युतीय घाँस काट्ने मेसिन ७५ प्रतिशत अनुदानमा नौ र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन ५० प्रतिशत अनुदानमा १८ वितरण गरेको पशु सेवा शाखाका शाखा प्रमुख नारायण खनालले जानकारी दिए ।

    पशुपालनमा लागेका कृषकलाई व्यावसायिकता, आधुनिकीकरण र प्रविधिमैत्री बनाउन डिप फ्रिज, घाँस काट्ने मेसिन र भकारो सोहोर्ने मेसिन वितरण गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

    नगर प्रमुख श्रेष्ठले दुग्ध तथा मासुजन्य पदार्थको संरक्षण गर्नाका साथै समयको बचत गर्न र थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि गर्ने नगरपालिकाले अपेक्षा लिएको जानकारी दिए ।

    उत्पादन बिना आर्थिक समृद्धि नहुने भएको जनाउँदै कृषि र पशुपालनबाट मात्र आर्थिक समृद्धि हुने नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ ।

    उनले छोटो समयमै आधुनिक र प्रविधिमैत्री तरिकाबाट कृषि तथा पशुपालन गर्दा कृषकलाई बढी फाइदा हुने जनाउँदै व्यावसायिक कृषि र पशुपालनमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij