Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई

चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई

  • 302
    SHARES
  • चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई

    काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा तय गरिएको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    आज बिहान सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार देउवालाई दिएको हो ।

    बैठकपछि प्रवक्ता प्रकाशशरण महतले वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिने उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको जानकारी दिए । उनका अनुसार उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिनेछ ।

    चितवन-२ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ । उक्त उप-निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आवश्यक प्रक्रिया पुरा गर्न बैठकले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij