वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ । रहमानको हृदयघातका कारण भक्तपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
शुक्रबार पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले शनिबार उनलाई मृत घोषणा गरेको बस्नेतले बताए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिक सांसद हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij