वेबटिभी खबर
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन ।
काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रूपमा देखिएका राजनितीक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको टिप्पणी गरे ।
‘चुनाव अघि एउटा गठबन्धन, चुनाव पछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ ?’ थापाले भने ।
राप्रपा नेपाल प्रती सकारात्मक धारणाको विकास भइरहेकोमा सन्तोष व्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरूलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरूले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij