Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मोटरसाइकल चोरी गर्ने गिरोहका ८ पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका ८ पक्राउ

  • 259
    SHARES
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ८ पक्राउ

    पाँचथर । पाँचथर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा आठजनालाई पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमको विभिन्न स्थानहरूबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिवर्तन गरेर बिक्री गर्नेलाई पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत आज उनीहरूलाई सार्वजनिक गरिएको छ ।

    तेह्रथुमको आठराई गाँउपालिका-४ शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    यस्तै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाएनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूलाई आजै प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij