Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • 293
    SHARES
  • आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरूका लागि फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा आवेदकहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।

    लघुवित्तले जारी पूँजीको ६ करोड २३ लाख ३८ हजार रूपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रूपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

    जसअनुसार प्रतिशेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता शेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता शेयर निष्कासन गरिसकेको छ ।

    यस्तै कर्मचारीहरूका लागी जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता शेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

    आवेदकहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

    क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आईपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जाउँछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij