वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका ८ राजनीतिक दलले १९ फागुनमा प्रदेश सांसदहरूको भेला बोलाएका छन् ।
एक ठाउँमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरूको भेला बोलाएका हुन् ।
सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरूको भेला बोलाउने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij